आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २३ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








