प्रिमियर लिग : चेल्सीको हार, वाट्फोर्ड ४-१ ले विजयी
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २३ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । गएराति भएको खेलमा चेल्सीलाई वाट्फोर्डले ४-१ ले हराएको हो । खेलमा घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले १-१ गोल गरे ।
वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो । चेल्सीका लागि एडिन हाजार्डले एक सान्वना गोल गरेका थिए । खेलको ३० औं मिनेटमै चेल्सीका मिडफिल्डर बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ५१ अंकको साथ लिभरपुल तेस्रो तथा ५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








