‘देवघाटलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिन्छ’

भरतपुर, माघ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देवघाटलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिने बताएका छन् । उनले देवघाट क्षेत्रको विकासमा आफू लागिरहने पनि बताए ।

ग्लेश्वर आश्रमद्वारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलमा अध्यक्ष प्रचण्डले पवित्र तीर्थस्थल देवघाटलाई संसारले हेर्नलायक बनाउनुपर्ने बताएका थिए ।

तनहुँको देवघाटमा वेद वेदाङ्ग विद्यालयको भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले देवघाटको विकासमा निरन्तर लागिरहने बताए । उनले भने, ‘पवित्र तीर्थस्थल देवघाटलाई संसारले हेरेको छ, यसको विकासमा सरकारमा गए पनि लाग्ने, नगए पनि निरन्तर लाग्नेछु ।’

कार्यक्रममा प्रचण्डले देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताएका थिए । अध्यक्ष प्रचण्डले भने, ‘देशको आर्थिक मरुदण्ड भनेको पर्यटन हो । देवघाटलाई अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकार प्रतिबद्ध छ ।’

प्रचण्डले देवघाटमा निर्माण हुन लागिरहेको वेद वेदाङ्ग विद्यालयको शिलान्यास गरेका थिए । विद्यालयको भवन निर्माणमा अध्यक्ष दाहालले १ लाख सहयोग गर्ने घोषणा गरेका थिए । देवघाट क्षेत्र विकास समितिले विद्यालयलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाटमा बन्दै गरेको पुल निर्माणमा थप बजेट पारिदिन आग्रह गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाट गाउँपलिकामा रहेका सहिद परिवारसँग अन्तरक्रिया गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले अब यात्रा समृद्ध नेपाल निमार्णको रहेको बताएका छन् । भरतपुरमा अगुवाकार्यकर्तालाई सम्बोधन गर्दै अबको ५ वर्षमा देशले काँचुली फेर्ने दावी गरेका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =