दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणले गति लियो

काठमाडौं, माघ २२ । जग्गाधनी मुआब्जा लिन सहमत भएपछि बाराको सिमरामा दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यले गति लिन थालेको छ । लामो समयदेखि मुआब्जा लिन नमानेका जग्गा धनी यतिबेला मुआब्जा लिन आउन थालेपछि जितपुर सिमरा विमानस्थल निर्माणलाई गति दिन बाटो खुलेको हो ।

आयोजनाले एक वर्ष अगाडि विमानस्थलको चार किल्ला छुट्याउन वातावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि जग्गाधनीले मुआब्जा लिन आलटाल गर्दै आएका थिए ।

कोलहबी नगरपालिका अन्तर्गत पर्ने काट गाउँका १० बिगाहा र ककडीका १०० बिगाहा जग्गा विमानस्थलभित्र पर्ने आयोजनाका व्यवस्थापक रामहरि महर्जनले बताए ।

विमानस्थल निर्माणका लागि ११ हजार ८७५ बिगाहा क्षेत्रफलमध्ये ११० बिगाहा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =