बुढासुब्बा गोल्डकपमा पुलिस र झापा–११ भिड्दै

धरान, माघ २२ । धरानमा जारी २०औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुदैछ ।

चीरप्रतिद्वन्दी दुई टोलीबीचको प्रतिस्पर्धा प्रस्तावित धरानको क्षेत्रीय रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ ।

पछिल्ला प्रतियोगिताहरुमा उल्लेखनीय प्रर्दशन गरेका नेपाल पुलीस र झापा ११ दुबै टोली आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

यसअघि आईतबार भएको खेलमा आयोजक धरान फुटबल क्लबलाई सडेन डेथमा १–० ले हराउँदै दुर्गापुर स्टिल क्लब कलकता भारत प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको थियो ।

१ विदेशी सहित ८ टोली सहभागी प्रतियोगिताको उपाधी विजेताले ६ लाख रुपैयाँ हात पार्नेछ भने उपबिजेताले ३ लाख हात पार्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =