नेपाली ग्यास बुलेटमा भारत बन्यो तगारो

२०७४ जेठ १५ गते

“
असार २१, काठमाण्डौ । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारत निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छिन्, यो खबर आजको नागरिक दैनिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित