‘पञ्चायत’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, माघ २२ । आगामी चैत्र २ गते रिलिज हुने फिल्म ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार पत्रकारमाझ फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्ममा प्रधानपञ्चको भूमिकामा देखिएका अभिनेता सरोज खनालले फिल्म नाम जस्तो राजनीति केन्द्रित नरहेको जानकारी दिए ।

फिल्मकी नायिका नीता ढुंगानाले आफूले नीर शाहको फिल्म ‘मसान’ पछि ‘पञ्चायत’मा सशक्त भूमिका पाएको बताइन । ‘नीर अंकलको फिल्म ‘मसान’को अभिनयबाट मैले अवार्ड पनि पाएँ । यो फिल्ममा पनि ‘मसान’कै जस्तो सशक्त भूमिकामा अभिनय गरेकी छु,’ नीताले भनिन्, ‘फिल्ममा मेरो चरित्र विद्यालय पढ्दै गरेकी बालिकाको छ । यो चरित्रमा ढाल्न मलाई निकै मेहनत गर्नुपरेको थियो ।’अमेरिकाको सनफ्रान्सिस्कोमा भएको नेपाली फिल्म फेस्टिबलमा नीताले यही फिल्मबाट ‘उत्कृष्ट नायिका’को अवार्ड पाएकी थिइन् ।

अमेरिकामा भएको ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा यो फिल्म ‘उत्कृष्ट फिल्म’ भएको थियो ।

फिल्ममा रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सुशान्तकुमार श्रेष्ठ, शंकरप्रसाद सुवेदी निर्माता तथा मेनुका ढुंगाना सहनिर्माता छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =