ग्यारेथ बेल प्रिमियर लिग फर्कने हल्ला मात्र भएको खुलासा

म्याड्रिड, एजेन्सी – सिजनको अन्त्यसँगै रियल म्याड्रिडका स्टार विंगर ग्यारेथ बेल प्रिमियर लिग फर्कने हल्ला अफवाह मात्र रहेको खुलासा भएको छ । बेल म्याड्रिडमा खुसी रहेको र स्पेनिस च्याम्पियनले यो सिजन उनलाई बेच्ने कुनै योजना नबनाएको स्काई स्पोर्ट्सको विशेष सुत्रले जनाएको छ ।

सिजनको अन्त्यसँगै विभिन्न मिडियामा बेल इङ्लिश प्रिमियर लिगमा फर्कन चाहेको हल्लाहरु आएको थियो । तर, सुत्रका अनुसार वेल्सका मिडफिल्डर बेल रियल म्याड्रिडमा खुसी रहेको र गत सिजनको सफलतालाई यस सिजन पनि जारी राख्ने धुनमा रहेको बुझिएको छ । म्याड्रिडले मोनाकोबाट किलियन बाप्पेलाई भित्र्याउने प्रयास गरेसँगै ग्यारेथ बेललाई म्यानचेस्टर युनाइटेडमा बेच्ने योजना रहेको मिडियाले लेखेका थिए । तर, उक्त हल्ला विभिन्न संचार माध्यममा आएपनि रियलले त्यसलाई अस्विकार गरेको हो ।

सन् २०१३ मा टोटेनह्याम छाडेपछि रियलसँग चार सिजन बिताएका बेल त्यस समयको कीर्तिमानी रकममा रियलसँग आबद्ध भएका थिए । ८५.३ मिलियन पाउण्डमा रियलसँग आबद्ध हुदाँ त्यो विश्व कीर्तिमानी रकम थियो ।  त्यसयता बेलले रियलसँग तिन च्याम्पियन्स लिग जिती सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *