यातायात व्यवसायी महासंघको अध्यक्षमा कर्माचार्य विजयी

“
चितवन, माघ २२ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । कर्माचार्यले ९८७ मत प्राप्त गरे भने डोलनाथ खनालले ७०८ मत प्राप्त गरेका छन् । कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो ।
अध्यक्षमा निर्वाचित कर्माचार्य महासंघका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहाकार हुन् ।
बरिष्ट उपाध्यक्षमा विजय बहादुर स्वार(१०५६),हरि शरण केसी(९७३),दीपक अधिकारी(८३७) मतका साथ विजयी भएका छन ।
महासंघको उपाध्यक्षमा पुष्पा श्रेष्ठ(९६८),सानुकाजी प्रजापति(७९७),जीत बहादुर भारती(७४०),रामप्रसाद सुवेदी(७३१),एनकुमार राई(७२५),कृष्णप्रसाद सुवेदी (६४५) र प्रभू प्रसाद कलवार(६३५) मतका साथ विजयी भएका छन । महासंघको मालबहाक उपाध्यक्षमा यादबलाल श्रेष्ठ विजयी भएका छन । उनले आफ्ना प्रतिस्पर्धी गोकर्ण कार्कीले चार मत अन्तरले पछि पारेका थिए । श्रेष्ठले १२१ र कार्कीले ११७ मत प्राप्त गरेका थिए ।
महासंघको महासचिवमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन । प्रतिस्पर्धी भरत नेपाललाई ५५९ मत अन्तरले पछि पार्र्दै सिटौला दोश्रो पटक महासंघको महासचिवमा निर्वाचित भएका हुन । सिटौलाले १०४२ र नेपालले ४८३ मत प्राप्त गरेका थिए । उपमहासचिवमा बसन्त भण्डारी(८४३),डेकनाथ गौतम(८४०) र रवि रिमाल(७६६) मत प्राप्त गरी विजयी भएका छन ।
सचिवमा नन्दलाल श्रेष्ठ(६९८),शम्भू प्रसाद रिजाल(६२९) र शेखरनाथ सिटौला(६१६) मतका साथ विजयी भएका छन । तीन जना सचिव पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
महासंघको कोषाध्यक्षमा किरणकुमार खड्का विजयी भएका छन । खड्काले ८०५ र शेरचनले ६३१ मत प्राप्त गरेका थिए । सहकोषाध्यक्षमा ७३६ मत प्राप्त गरी डम्वरराज पन्त विजयी भएका छन ।
महाधिवेशनले प्रदेश नं.१ को संयोजकमा सरोज श्रेष्ठ,प्रदेश नं.२ को संयोजकमा जगरनाथ प्रसाद कलवार,प्रदेश नं.३ को संयोजकमा धर्मराज रिमाल,प्रदेश नं.३ कै सहसंयोजकमा निररत्न नेवा, प्रदेश नं.४ को संयोजकमा भानुभक्त बराल,प्रदेश नं.५ को संयोजकमा डिलबहादुर ढुंगाना क्षेत्री,प्रदेश नं.६ को संयोजकमा नवराज सिंह विजयी भएका छन । प्रदेश नं.७ को संयोजकमा भने टेकराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।
“








