जुवा खालबाट तीन लाख नगदसहित सात पक्राउ

भक्तपुर, माघ २१ । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ ।

प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । प्रहरीले जुवाखालबाट ताससँगै रु दुई लाख ९७ हजार ५२० सहित उनीहरुलाई नियन्त्रणमा कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =