महिला हिंसामा संलग्नलाई कारवाही गर्न जनमोर्चाको माग

काठमाडौं, माघ २१ । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा भइरहेका महिला हिंसाका घटनाहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलद्धारा जारी वक्तव्यमा प्रहरीकै मिलेमतोमा पीडकहरुलाई उन्मुक्ति दिने गरिएकोप्रति क्षोभ प्रकट गरिएको छ । महिला हिंसाका घटनाहरुको गरी दोषिउपर कारवाही गर्न समेत जनमोर्चाले माग गरेको छ ।

वक्तव्यमा भनिएको छ– ‘राजधानी सहित देशका विभिन्न भागहरूमा महिलाहरूमाथि भइरहेका घटनाहरू प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । त्यसबारे अरू चिन्ता र क्षोभको कुरा यो छ कि त्यस प्रकारका अपराधहरूमा संलग्न दोषिहरूलाई प्रहरीले नै मिलोमतो गरी दोषिहरूलाई उन्मुक्ति दिने कार्यहरू पनि धेरैतिर भइरहेका समाचारहरू सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । त्यसप्रति हाम्रो पार्टीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दै उक्त विषयहरूमा समूचित छानवीन गरी दोषिहरूमाथि कारवाही गर्नुपर्ने र सजाय दिनुपर्ने आवश्यकताप्रति सरकारको ध्यान आकर्षित गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =