राष्ट्रपतिद्धारा विद्यालयको स्वर्ण महोत्सव उद्घाटन

मकवानपुर, माघ २१ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण माविको विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गरेकी छन् । विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन गरिन् ।

समारोहमा नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरेको छ । राष्ट्रपति भण्डारी यहाँ आइपुग्दा प्रदेश नं ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेलगायतले स्वागत गरेका थिए । विद्यालयको कार्यक्रमपछि राष्ट्रपति भण्डारी चितवनको देवघाटस्थित धार्मिक महोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =