रुसी सैन्य विमान सिरियाले खसाल्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २१ । सिरियामा रुसी सैन्य विमान जमिनमा खसालिएको छ । विद्रोही नियन्त्रित पूर्वोत्तर इदलिब प्रान्तमा विमान खसालिएको हो । विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ ।
विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको वीवीसीले लेखेको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ विद्रोहीमाथि आक्रमण गरिरहेको छ । गत डिसेम्बरदेखि सिरियाले रुसी सहयोगमा हवाई आक्रमण गरिरहेको छ । यसै आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् । २४ घन्टाको बीचमा रुसले थुप्रैं पटक हवाई आक्रमण गरेको पनि बताइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








