नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पूर्वाञ्चलमा निरौला

“
विराटनगर, माघ २० । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलकाे प्रथम अधिवेशनले राेशन निराैलालार्इ अध्यक्षमा निर्वाचित गरेकाे छ । शनिबार विराटनगरमा सम्पन्न नेपाल शैक्षिक परामर्श संघको प्रथम अधिवेशनले निराैलाकाे अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरेकाे हाे । उनी गुरूकूल एजुकेशन फाउण्डेसनका म्यानेजिङ डार्इरेक्टर हुन् ।
इक्यान पूर्वाञ्चलकाे उपाध्यक्षमा अाकाश इन्ष्टिच्युटका कमल तिमल्सिना, सचिवमा पारामाउण्ट इन्टरनेशनलका भिमबहादुर लिङ्थेप र कोषाध्यक्षमा टप युनिभर्सल एकेडेमीका प्रकाश लकान्द्रि रहेका छन् ।
संघकाे सदस्यहरुमा इडियू मार्क प्रा.लि.का रबी कुमार गुप्ता, एचिभर्स कन्सल्टेन्सीका शिवप्रकाश चौधरी (सुनिल), डायनामिक एजुकेसनका प्रमाेद स्वर्णाकार, राेहिणी डिभार्इन हवका खगेन्द्र भण्डारी चयन भएका छन् । नौ सदस्यिय कार्य समितिमा एकजना सदस्य कार्य समितिकाे पहिलाे बैठकबाट मनोनित गरिने बतार्इएकाे छ ।
अधिवेशनकाे उद्घाटन विराटनगर महानगर पालिकाका मेयर भिम पराजुली, प्रमुख जिल्ला अधिकारी माेरङका राम प्रसाद अाचार्य, जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरिक्षक अरूण विसी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय अध्यक्ष प्रकाश पाण्डे लगायतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लगायत अतिथिहरूले शैक्षिक परामर्श ब्यवसायीले शिक्षा क्षेत्रमा पु्र्याएकाे याेगदानकाे चर्चा गरेका थिए । अधिवेशनमा इक्यानका केन्द्रिय कार्य समितिका निवर्तमान अध्यक्ष राजेन्द्र बराल, दृितिय उपाध्यक्ष निरज सिटाैला, तृतिय उपाध्यक्ष विष्णुहरी पाण्डे, महासचिब सन्ताेष प्याकूरेल तथा केन्द्रिय सदस्य पुष्प राज भट्टरार्इ लगायतकाे सहभागिता रहेकाे थियाे ।
“








