मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसको जित

विराटनगर, २१ असार । मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।

प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपप्रमुखमा नेकाका मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गर्नुभएको थियो । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *