कालिकोटमा निःशुल्क विशेषज्ञ सेवा

जुम्ला, माघ २० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कालिकोटमा विशेषज्ञ सेवा विस्तार गरेको छ । शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाको संयोजकत्वमा ७ जना विशेषज्ञ चिकित्सकको टोलिले कालिकोटमा निःशुल्क विशेषज्ञ सेवा शिविर संचालन गरेको छ ।

सानित्रिवेणी गाउंपालिका १ र २ वडाका मात्रै एक हजार ६ सय ७६ जना विरामीको शिःशुल्क उपचार गरेको शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले वताए । ‘प्रतिष्ठानले छिट्टै ६ नं. प्रदेशका सवै जिल्लाहरुमा विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत गरिरहेको छ’ उनले भने, ‘अहिले महिनामा २ पटक कालिकोट जिल्लाका विभिन्न गाउंहरुमा शिविर मार्फत विशेषज्ञ सेवा दिइरहेका छौ’ ।

विशेषज्ञ चिकित्सकहरु स्थानीयको घरदैलोमै पुगेर हाडजोर्नी, वाल रोग, स्त्रि रोग, भिडियो एक्सरे, दिसा, पिसाव जांच, नाक, कान, घाटी, आङ्ग खस्ने समस्या लगायतका विशेषज्ञ सेवाहरु शिविर मार्फत दिइरहेको प्रतिष्ठानले जनाएको छ । कर्णालीमा आङ्ग खस्ने समस्या धेरै भएकाले निःशुल्क शिविरमा उपचार गराउन आएका आङ्ग खसेका महिलाहरुलाई शिक्षण अस्पतालमा पठाएर निःशुल्क उपचार गर्ने व्यवस्था समेत शिक्षण अस्पतालले गरेका छ । सानित्रिवेणी गाउंका १५ जना आङ्ग खसेका महिलाहरुको शल्यक्रियाका लागि अस्पताल पठाइएको मेडिक डाइरेक्टर रोकायाले वताए ।

अहिले प्रतिष्ठानले जाजरकोट, हुम्ला र कालिकोटमा विशेषज्ञ सेवा विस्तार गरिसकेको छ । अव पिछडिएको क्षेत्र र ६ नं. प्रदेशका सवै जिल्लाहरुमा विज्ञेषज्ञ सेवा विस्तारको तयारी समेत गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =