​दिनार, रियाल, रिंगिट र दिर्हामको मूल्य बढ्यो

असार २१, काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५६ पैसा र विक्रिदर २७ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३८ र विक्रिदर २८ रुपैयाँ ५५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ ३० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०४  र विक्रिदर २४ रुपैयाँ १८ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९९ पैसा र विक्रिदर ९ रुपैयाँ ०४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ४० रुपैयाँ ८० पैसा छ भने विक्रिदर तीन सय ४२ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ०२ पैसा र विक्रिदर दुई सय ७५ रुपैयाँ ६१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *