सियारी गाउँपालिकामा एमाले विजयी

बुटवल, २१ असार । रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । मङ्गलबार राति सम्पन्न मतगणनापश्चात् घोषित परिणामअनुसार एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गर्नुभएको छ । यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी हुनुभएको छ । उहाँले ६ हजार ५० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा (एमाले) र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् । वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा (एमाले)का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी हुनुभएको छ । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *