देहरादुनमा भारत नेपाल व्यापार मेला

भीमदत्तनगर, माघ २० । भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघको पहलमा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले दुई देशबीच व्यापारिक र पर्यटन महोत्सवले निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापार र पर्यटन मेलाले स्वदेशी उत्पादनले बजार पाउने बताइन् ।

मेलामा नेपाल र भारतका कृषि उत्पादन, हस्तकला र विजयसालका सामग्री, जडीबुटी, खाद्य वस्तुका साथै पहिचान झल्काउने वस्तुका ५० भन्दा बढी कक्ष राखिएको कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले जानकारी दिए । कञ्चनपुर उद्योग वाणिज्य संघको पहलमा भएको मेला यही माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल सरकार बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको सहयोग एवं सहभागिताबाट कञ्चनपुर उद्योग बाणिज्य संघले मेला गरेको हो । नेपालमा उत्पादित बस्तु÷सेवाहरुको बजार प्रबद्र्धन गर्न सहयोग पु¥याउने, निकासीयोग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्न सहयोग गर्ने उद्देश्यका साथ मेला गरिएको जनाएको छ ।

नेपालका सास्कृतिक पर्यटकीय सम्पदाहरुको प्रचार–प्रसार, पर्यटकीय होटल, कला संस्कृति र सहित्य, रिर्सोट, टुर एण्ड ट्रावल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान–प्रदान गर्ने उद्देश्यले पनि मेला गरिएको जनाएको छ ।

मेलाको अवलोकनपछि भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री रावतले नेपालको उत्पादनलाई रुचिपूर्वक अवलोकन गरे । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलको उत्पादनलाई उनले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । मेलामा नेपाल भारतका दुई सय ५० स्टल भन्दा बढी सहभागिता रहेको जनाइएको छ । निर्यातयोग्य निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यालन प्रदर्शनको विशेष आकर्षण रहेको जनाइएको छ ।

दक्षिण एसियामै उदाउँंदो इको प्यानलको प्रबद्र्धन भारतमा पनि गर्न इको प्यानलले सहभागिता जनाएको जनाइएको छ । विश्वव्यापी रुपमा वढ्दै गइरहेको वातावरण प्रदूषण न्युनीकरणमा सहयोग गर्न निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नारा लिई अगाडि वढदै गरेको इको प्यानलले प्रदूषणरहित तथा उर्जा किफायती प्रविधिको प्रबद्र्धन गर्न पनि महोत्सवमा भाग लिएको जनाइएको छ ।

दक्षिण एसियाको भारत, वंगलादेश, पाकिस्तान, नेपाललगायत देशहरुमा हालसम्म पनि प्राकृतिक श्रोतसाधन अत्याधिक प्रयोग गरी निर्माण सामाग्री बन्दै आएको छ । यही चिन्तालाई मध्यनजर गरी न्यून प्राकृतिक श्रोतसाधनबाट बनेको इको प्यानलको प्रबद्र्धन विश्वव्यापी रुपमा गर्न इको प्यानलले सहभागिता जनाएको जनाइएको छ । मेला २८ गतेसम्म चल्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =