हङकङ र मलेसियासँगै नेपाल एसिया कप छनोटको समूह ‘ए’ मा
२०७४ जेठ १५ गते

“
काठमाडौँ, माघ १९ । नेपालले एसिया कपको लागि छनोट खेल खेल्ने भएको छ । एशियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने छ ।
६ देशलाई दुई समूहमा विभाजन गरी खेल खेलाइने एसिसिले जनाएको छ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा हङकङ र मलेसिया छन् ।
यस्तै समूह ‘बी’मा सिंगापुर युएई र ओमान छन् । ६ टिमको सहभागिता हुने एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंकाले सोझै प्रतियोगिता खेल्न पाउनेछन् ।
बाँकी एक टिमको टुङ्गो छनोट खेलबाट लाग्नेछ । एशोसियट देशबिच हुने छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले एसिया कप खेल्न पाउनेछ । प्रतियोगिता सेप्टेम्बर १५ देखि ३० तारिखसम्म हुने एसिसिले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








