​क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

क्यूवा, माघ १९ । क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोरा फिडेल एन्जल क्यास्ट्रोले आत्महत्या गरेका छन् ।

क्यास्ट्रोका ६८ वर्षका जेठा छोरा फिडेलले क्युवाको राजधानी हवानामा रहेको आफ्नै घरमा आत्महत्या गरेको क्यूवाको सरकारी पत्रिका ग्रान्मालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

केही महिनादेखि गम्भीर डिप्रेसनमा रहेका एन्जेललाई धेरै महिना डाक्टरको टोलीले अस्पतालमा राखेर उपचार गरेका थिए ।

चिकित्सकको निगरानीमै रहेका बेला एन्जलले आत्महत्या गरेको सरकारी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =