भारतीय विदेश मन्त्रीको उच्चस्तरीय भेटवार्ता आजपनि, यस्तो छ तालिका

काठमाडौं, माघ १९ । नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले आज पनि उच्चतहको भेटवार्ता गर्दै हुनुहुन्छ । विदेशमन्त्री स्वराजले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेताहरु, राजपाका नेताहरुसँग भेटवार्ता भएको थियो । बिहान ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुनेछ । बिहान साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ ।

मध्यान्ह साँढे १२ बजे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांंग्रेस नेताहरूसँग बैठक हुनेछ । स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् । पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज नेपाल आउनु भएको हो । आजै स्वराज स्वदेश फर्किनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =