नेपाली फुटबललाई केल्मी ब्रान्डको साथ
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ १८ । नेपाली फुटबल टोलीलाई स्पेनिस स्पोर्टस् ब्रान्ड केल्मीले प्रायोजन गरेको छ । सम्झौताअनुसार केल्मीले टोलीका लागि १ वर्षसम्म विभिन्न खेल सामग्री उपलब्ध गराउने छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीले पत्रकार सम्मेलन गरी आधिकारिक रुपमा नेपाली फुटबल टिमका लागि करिब ५५ लाख बराबरीको सामग्री केल्मीले प्रायोजन गरेको जानकारी दिएका हुन् ।
केल्मीले नेपाली फुटबल टिमलाई जर्सी, ब्याग, फुटबल, ज्याकेट लगायत गरी करिब ३ हजार ७८८ पिस उपलब्ध गराएको हो । केल्मीको प्रायोजनसँगै नेपालको नयाँ जर्सी पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले यो सुरुवात भएको र आगामी दिनमा सम्झौतालाई थप गर्दै अघि बढ्ने बताए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








