माओवादीमा पार्टी परित्यागको लहर, दाहालले पनि छोडे माओवादी !

काठमाडौं, माघ १८ । पार्टी एमालेमा बिलय हुने निश्चित भएपछि माओवादीका नेता कार्यकर्ताहरू लगातार पार्टी परित्याग गरिरहेका छन् ।चुनावी प्रक्रियामा बाम गठबन्धन संगै एमालेसँग एकताकाे तयारी भइरहेका बेला माओवादी केन्द्रमा पार्टी परित्यागको लहर लागेको छ ।

केहि दिन अघिमात्र माओवादी केन्द्रका चर्चित नेता झक्कु सुवेदी र लेखनाथ न्याैपानेले राजिनामा बुझाएकाे रहस्य वाहिरिएकाे खबर नसेलाउँदै अर्का पोलिटव्युरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले पनि सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै अब माओवादी केन्द्रमा नरहने घोषणा गरेका हुन् ।

बुधवार दिउसो पार्टी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलाई समेत भेटेर पार्टी छोडने जानकारी गराएका थिए । दाहाल सहिद परिवारका हुन् । उनले दोरम्बामा आफ्ना जीवन संगिनी अम्बिका दाहाल गुमाएका थिए ।

राष्ट्रिय सभा निर्वाचनमा उनकी श्रीमती गंगा पराजुलीलाई उम्मेदवार बनाए पनि अन्तिममा एमालेसँगको एकता टुट्ने भन्दै फिर्ता लिन लगाएपछि उनी असन्तुष्ट बनेका थिए । ‘हरी दाहाल अब माओवादी केन्द्रमा नरहने अन्तिम निर्णय गर्न बाँकी’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =