प्रदेश ३ को प्रदेशसभा बैठक सकियो
२०७४ जेठ १५ गते

“
हेटौँडा, माघ १८ । प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ । बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो । बैठक २७ गते बस्नेगरी स्थगित भएको छ ।
बैठकमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसका इन्द्रबहादुर बानिया, माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, विवेकशिल साझाका रमेश पौडेल, नयाँ शक्तिका प्रेम तामाङ, नेमकिपाका सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकका रिता गुरुङ, राप्रपाका रिता माझीले बोलेका थिए ।
प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए ।
यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








