कैलालीको भजनीमा माओवादी केन्द्रको जीत
मकालु खबर
२०७४ जेठ १५ गते
“
असार २०, टीकापुर । कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ । माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन् । शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए ।
त्यस्तै, उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय हात पारिन् । उनले लोकतान्त्रिक फोरमकै उम्मेदवारलाई हराइन् । वडा अध्यक्षमा समेत माओवादी केन्द्रकै बहुमत रहेको छ । उसले २, ४, ८ र ९ गरी चार वडामा जितेको छ। त्यस्तै एमालेले २, लोकतान्त्रिक फोरमले २ र काँग्रेसले १ वडामा जित हात पार्यो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित