मिलेर काम गर्न देउवाको आग्रह

काठमाडौँ, माघ १७। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका छन् ।

बुधबार काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उनले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताए ।

धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा काँग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री देउवाले यस अवस्थामा पद त्याग्नु नहुने भन्दै पदमा नै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागि राजीनामा फिर्ता लिन आग्रह गरे ।

“राजीनामा दिएर होइन, अब सबै मिलेर पार्टीलाई पहिले जस्तै ठूलो र लोकप्रिय बनाउनुपर्छ,” उनले भने ।

राजनीतिक सहमति कायम गर्न धनकुटालाई प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोक्नु परेकोमा आफूलाई दुःख लागेको प्रधानमन्त्रीले बताएको धनकुटा काँग्रेसका सचिव विजय सन्तोषी राईले जानकारी दिइन् ।

भेटमा धनकुटा काँगे्रसका सभापति अग्निप्रसाद पौडेल, निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्वअध्यक्ष टंक दवाडीलगायतले धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =