प्रधानन्याधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको सूचना लिन निवेदन दर्ता

“
काठमाडौ, माघ १७ । बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित शैक्षिक प्रमाणपत्र, नागरिकता लगायतका सम्पुर्ण सूचना उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन् ।
केसीको मुद्दाको वकालत गरिरहेका वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले पनि आफुमाथि ज्यान मार्ने धम्की आएको भन्दै प्रशासनमा सुरक्षाको माग गर्दै निवेदन दर्ता गराए । भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले मार्ने धम्की दिएको दाबी डाक्टर केसीले गरे ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौ परिसर अगाडि संचारकर्मीसंग कुरा गर्दै डा. केसीले प्रधानन्यायधीश पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाए । डाक्टर केसीले प्रधानन्यायाधीशलाई राजनीतिक दलहरुले टेको दिएको दाबी गरे । उनले प्रधानन्यायाधीस पराजुलीलाई हत्यारा को आरोप पनि लगाए ।
पराजुलीले दुई वटा नागरिकता लिएको विषय बाहिर आउदा पनि राजनीतिक दलका नेताहरु मौन बस्नुले सबै लुटतन्त्रमा सहभागी छन् भन्ने विषय प्रमाणित गरेको समेत उनले दाबी गरे ।
डाक्टर केसीले आफुले सधै अदालत र सही न्याय सम्पादन गर्नेलाई सम्मान गर्ने उल्लेख गर्दै न्याय विक्रि गर्ने विरुद्ध सधै लडिरहने स्प्ष्ट पारे । उनले पराजुलीको समर्थनमा आउने फैसलालाई आफुले नमान्ने पनि स्पष्ट पारे ।
“








