चन्द्र ग्रहणको असर स्वस्थानी व्रतलाई, एक महिने व्रत बिहानै सक्नुपर्ने

“
काठमाडौं, माघ १७ । अाज (बुधबार) एक महिने स्वस्थानीको व्रत समापन हुन्छ । यसपाली चन्द्र ग्रहण परेकाले व्रत समापन बिहानै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
एक महिने स्वस्थानी व्रतको समापान बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत सक्नुपर्ने उहाँको भनाई छ ।
मध्याह्नकालमै व्रत समापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत समापन गर्न सक्ने समितिले जनाएको छ ।
काठमाडौँ उपत्यकाको पूर्वी भेगको शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी सुुरु गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले जानकारी दिनुभयो ।
“








