अमेरिकामा हेलिकप्टर घरमाथि खस्दा ३ को मृत्यु, २ घाइते

क्यालिफाेर्निया,माघ १७ । हेलिकप्टर दुर्घटनामा परि अमेरिकामा ३ जनाको मृत्यु भएको छ। अमेरिकाको क्यालिफाेर्नियामा आज बिहान भएको सो दुर्घटनामा परि हेलिकप्टरमा सवार २ जना घाइते भएका छन्। हेलिकप्टर क्यालिफेर्नियाको न्युपोर्ट बिचस्थित एक घरमाथि खसेको न्युपोर्ट अग्नी नियन्त्रक दलका प्रमुख चिप डंकनले बताउनुभयो।

दुर्घटनाका समयमा घरभित्र कोहि पनि नरहेकोले अन्य मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। उता हेलिकप्टर खस्दा जमिनमा रहेका एक जनाकोसमेत मृत्यु भएको सिबिएस लसएन्जल्र्सले लेखेको छ। न्युपोर्ट बिच प्रहरीले हेलिकप्टरमा ४ जना सवार रहेको हुनसक्ने अनुमान गरेको छ।

मृत्यु हुनेमा चालक रहेको नरहेको केहि पनि खुलाइएको छैन। दुर्घटना के कारणले भएको हो भन्ने बारेमा पुष्टि नभइसकेको प्रहरी जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =