छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिलामा सुदेश र संगीता

काठमाडौं, माघ १७ । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य शृङ्खलाको चौंथो सिलसिला सम्पन्न भएको छ । मंगलबार बागबजारको सिटिम्याक्सहलमा साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा छायाँछविले चौंथो काव्य शृङ्खला सम्पन्न गरेको हो ।

छायाँछवि काव्य शृङ्खलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत गरेकी थिइन् संयोजक रोदनले छायाँछवि काव्य शृङ्खलाको पाँचौं शृङ्खला आगामी फाल्गुन ०७ मा गरिने बताइन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पारे । मन्तव्य राख्दै प्रियले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप आयोजना गरिदै आएको बताए ।कार्यक्रमको यस शृङ्खलामा चर्चित युवा कवि तथा साहित्यकार सुदेश सत्यालले कविता बाचन गरेका थिए भने गजलकार साहित्यकार संगीता थापाले गजलहरु सुनाएकी थिइन् ।

कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको कार्यक्रमका विशेष अतिथी राधेश्याम लेकालीले बताए भने कार्यक्रमका अर्का विशेष अतिथी कलाकार निर्देशक निर्मल शर्माले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना केही भनाइहरु राखेका थिए । कार्यक्रमका श्रष्टाद्वय सुदेश सत्याल र संगीता थापाले आफूलाई चौंथो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =