आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

“ काठमाडौं, माघ १७ । सम्झनामा सहिद : नागरिकप्रत्येक बर्ष माघ १६ गते सहिद दिवसमा हाम्रा अग्रजको बलिदानप्रति श्रद्धाले नमन गरिन्थ्यो ।
अहिले आएर त्यो परम्परामा अनौठो किसिमले उदासीनता छाउन थालेको छ ।
व्यक्तिगत स्वार्थ र सुविधाभन्दा मुलुक र मुलुकबासीका सपनालाई ह्रदयमा बाकेर हाँसीहाँसी मृत्युवरण गर्न तयार भएको ती वीरहरुको बलिदान सम्झँदा पनि छाति ढक्क फुलेर आउँछ ।
राणा शाहीविरुद्ध लडेका र मुलुकको सुख भविष्य सपना देखको वीर सहिद गंगालाल, दशरथ चन्द्र, धर्मभक्त र शुक्रराज शास्त्रीको सहायताको गौरवगाथा देख्ने र सुन्नेहरु अझै हाम्रा समाजमा जिउँदै छन् ।
सहिदको सम्झानालाई पनि केवल झारा टार्ने सरकारी विदाका रुपमा मात्र होईन, यथार्थमै तिनले मुलुकलाई लगाएको गुन सम्झेर सम्मान गर्ने परिपाटी बस्नुपर्छ ।
सहिदप्रतिको हार्दिकतापुर्ण भावना विचलित नहोस् भन्नेमा सरकारको ध्यान विशेष रुपमा जानु आवश्क्ता छ ।
सम्पत्ति शुद्धीकरणसँग जोडिएका सवाल : कारोवार
निकट भविष्यमै गठन हुने सरकारको नेतृत्व गर्ने ब्यक्तिका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो धनलाई वैध बनाइन दिईनुपर्ने विवादास्पद अभिब्यक्ति दिएका छन् ।
भावी प्रधानमन्त्रीका रुपमा ओलीले दिएको अभिब्यक्ति गैरजिम्मेवार छ ।
देश विकासका कुरालाई धयनमा राखेर अन्रग्राउन्ड मनीलाई सतहमा आउन दिने त्यसलाई कानुनीकरण हुन दिने, शुद्धीकरण हुने बाटो दिने र सरकारले त्यसबापत कर लिने उनको अभिब्यक्ति थियो ।
विश्वाव्यापी रुपमै सम्पत्ति शुद्धिकरणविरुद्ध अभियान चलिरहेका बेला अवैध माध्यमबाट आर्जित धनालइ वैधता दिनुपर्ने उनका अभिब्यक्तिले नेपालले २०६४ सालपछि चालेका यसविरुद्धका अभियानहरुमाथि नै प्रश्न उब्जिएका छन् ।
यसर्थ जिम्मेवारी पार्टीको जिम्मेवार नेताले सम्पत्ति शुद्धीकरणका सवालमा गैरजिम्मेवार अभिब्यक्ति दिनुभन्दा यसविरुद्धको अभियानलाई तीव्रता दिने प्रतिबद्धता जनाउनैपर्छ ।
नक्कली चिकित्सकमाथि कारबाही गर : नेपाल समात्ररपत्र
हरेक मानिसले बिरामी हुँदा डाक्टरलाई भगवान् मान्ने गरेका छन् । भगवान्सरह विश्वास गरेका डाक्टर नै नक्कली भएको घटनाले आममानिसलाई सशंकित बनाएको छ ।
आमजनताको स्वास्थ्यमाथि खेलबाड गर्दैै नक्कली डाक्टरहरूको बिगबिगी रहेको घटना सार्वजनिक भएपछि डाक्टरमाथि नागरिकले गर्ने गरेको विश्वासमाथि संकट पैदा भएको छ ।
राजधानी उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा नक्कली डाक्टर पक्राउ परेको समाचार छ । पछिल्लो समय डाक्टरको लापरबाहीका घटनाले बेलाबखत अस्पताल तनावग्रस्त बन्ने गरेको पनि छ । राजधानीमा सञ्चालित अस्पताल र क्लिनिकहरूमा डाक्टर भनेर विदेशी नागरिकले काम गरिरहेको तथ्य सार्वजनिक हुनुले आमनागरिकमा डाक्टरप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ ।
नक्कली डाक्टरबाट बिरामीको उपचार हुनु स्वास्थ्यप्रति नै खेलबाड हो । प्रहरीले यसअघि पनि नक्कली डाक्डरलाई प्रक्राउ गरेको थियो । विदेशी चिकित्सकले नेपालमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको नियमअनुसारको अनुमतिपत्र लिनुपर्छ ।
तर पक्राउ परेका नक्कली विदेशी डाक्टरहरूबाट सो प्रमाणपत्र नलिइएको पाइएको छ । सरकारले पर्याप्त ध्यान नदिँदा दैनिकरूपमा अवैध काम गर्नेहरूको संख्या बढेको छ । सरकारले हरेक क्षेत्रमा बेलाबखत मात्र अनुगमन गर्ने गरेको छ ।
नागरिकको स्वास्थ्यसँग जोडिएको अस्पताल, क्लिनिक र औषधि पसलहरूमा नियमितरूपमा अनुगमन हुनुपर्ने हो । अनुगमन गर्नको लागि सरकारले आफ्नो संरचना पनि बनाएको छ । तर अनुगमन गर्ने निकाय बेखर बन्दा गलत काम गर्नेहरूको संख्या बढेको छ ।
अतः सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने र दोषीमाथि कडा कारबाही गर्न ढिलाइ गर्नुहुँदैन ।
ओलीको आपत्तिजनक अभिव्यक्ति : कान्तिपुर
गैरकानुनी क्रियाकलापबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्ने प्रयासलाई गम्भीर आर्थिक अपराध मानी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय पहल चलिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अवैध धनलाई वैध हुन दिनुपर्ने’ बताएका छन् ।
सबभन्दा ठूलो राजनीतिक दलको अध्यक्ष मात्र नभएर करिब एक महिनामै मुलुकको कार्यकारी प्रमुख हुने तर्खरमा रहेका राजनीतिज्ञबाट यस्तो अभिव्यक्ति आउनु गैरजिम्मेवार र आपत्तिजनक छ ।
नेपाल चेम्बर्स अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई सोमबार सम्बोधन गर्ने क्रममा ओलीले अवैध कारोबार–आर्जनलाई प्रोत्साहन पुग्ने गरी सम्पत्ति शुद्धीकरण अवैधलाई वैध बनाउने प्रक्रियालाई नै सहयोग पुग्ने पक्षमा धारणा सार्वजनिक गरेका हुन् ।
यसले या त उनी सम्पत्ति शुद्धीकरणमा लचकता अपनाउँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा आइपर्ने बहुआयामिक असरबारे जानकार छैनन् वा अवैध कारोबारीको प्रभावमा परेर त्यही उद्देश्यका साथ जानाजान बोलिरहेका छन् भन्ने अनुमान लगाउन सकिन्छ ।
जुनसुकै दृष्टिकोणले भए पनि उनको अभिव्यक्ति मुलुकको आर्थिक अनुशासनलाई कमजोर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गरिमा घटाउने खालको छ ।
आवश्यकताअनुसार कानुन परिमार्जन गर्दै र कानुनबमोजिम गठन भएका संरचनालाई सक्रिय पार्दै आर्थिक अपराध नियन्त्रणमा दृढ बन्नुपर्छ ।
शंकास्पद कारोबार गरेको देखिए छानबिन गरेर स्रोत नखुलेका सम्पत्ति जफत गर्न सक्नुपर्छ । सीमित व्यवसायीको स्वार्थ र प्रभावमा परेर अवैध कारोबारलाई कतैबाट प्रोत्साहन गरिनु हुन्न ।”








