नयाँ दिल्ली भारतको सबभन्दा प्रदुषित शहर
२०७४ जेठ १५ गते

“काठमाडौं, माघ १६ । भारतीय शहरहरुमध्ये राजधानी नयाँ दिल्ली सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ ।
अध्ययनले भारतीय राज्यहरु मध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको नयाँ दिल्लीमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत शाखाले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरेको हो ।
भारतका मुख्य ३० वटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँ दिल्ली सहरमा पाइएको हो ।
लखनउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको छ । दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र बिहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








