हिसान स्पोर्टस मिटमा फुटबल र बास्केटबलका रोचक प्रतिष्पर्धा !

“
धरान, माघ १६ । आजदेखि सुरु भएको हिसान स्पोर्टस मिट २०७४ अन्तर्गत हिसान बास्केटबल प्रतियोगितामा डिपो उच्च मावि, अल्पाइन एम्स एकेडेमि, विष्णु र विश्व आर्दश इटहरीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमामा नै युरेका उच्च माविले डिपो उच्च माविलाई वाक ओभर दिए पछि डिपोलाई विजयी घोषित गरिएको थियो ।
दोस्रो खेलमा एम्सले धरान उच्चलाई २९ – २६ अंकले तेस्रो खेलमा विष्णुले विजयपुर स्कुललाई २९ – १९ अंकको अन्तरले हराउदै विजयी भएका छन । चौथो खेलमा सुष्मा गोदावरी उच्च मावि इटहरीले वाकओभर दिए पछि विश्व आर्दश विजयी घोषित भएका छन । एम्स र धरान उच्च विच भएको खेलमा निर्धारित चार क्वाटरको खेलमा २५–२५ वरावर अंक भएपछि थप पाच मिनटको समयमा एम्स विजयी भएका हो । खेलमा एम्सले ४–९–९–३–४ अंक जोडेका थिए भने धरान उच्चले ९–२–१२–२–१ अंक जोडेको थिए । त्यस्तै गरि विष्णुले १०–२–८–९ र विजयपुरले १–१०–०–८ अंक जोडेका थिए । खेलमा एम्सका खेलाडि सुसन श्रेष्ठ र विष्णुका कैलास लिम्वु म्यान अफ द म्याच घोषित भए ।
उनिहरुलाई हिसान बास्केटवल प्रतियोगिताका संयोजक डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राई र नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले मेडल लगाइदिएका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिका खेलकुद प्रमुख सुवास राई, विषेश अतिथी जिल्ला बास्केटवल संघ, सुनसरी अध्यक्ष नारायण सुवेदि, हिसान स्पोर्टस मिट संयोजक सागर भट्टराई लगायतको उपस्थिती रहेको थियो । बास्केटवल प्रतियोगितामा सुनसरी भरिका एघार वटा विद्यालयले सहभागिता जनाएको बास्केटवल प्रतियोगिता संयोजक राजकुमार राईले जानकारी गराए । माघ १८ गते सम्म सम्पन्न हुने प्रतियोगितामा धरान बास्केटवल संघको प्राविधिक सहयोग रहेको जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । भोलिको खेल विष्णु र धरान आदर्श, विश्व आदर्श र नेसनल र एम्स र सिओन उच्च मावि विच प्रतिश्पर्धा हुनेछ ।
फुटबलमा धरान, कस्तुरी, सुष्मा गोदावरी र चामुण्डा विजयी
यस्तै, हिसान स्पोर्टस मिट अन्तर्गत भएको फुटबल खेलमा इटहरीको कस्तुरी कलेज, धरानको धरान मावि, इटहरीकै सुष्मा गोदावरी कलेज र इटहरीकै चामुण्डा मावि विजयी भएका छन् ।
आज धरानको एन्फा एकेडेमीमा भएको खेलमा विजयी सबै टोली क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको उद्घाटन खेलमा कस्तुरी कलेजले धरानको नेशनल एकेडेमीलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजीत गरेको थियो । निर्धारित समय एक एक गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरबाट निर्णय लिइएको थियो । ट्राइब्रेकरमा कस्तुरी कलेजका आशिष राई, शैलेन्द्र लुइटेल र रामकुमार कार्कीले गोल गरे भने नेशनल एकेडेमीका मिलन घिमिरे, एलिश तामाङ र सरोज राई तीनै जनाको प्रहार गोल पोष्ट बाहिरीएको थियो । खेलको म्यान अफ द म्याच कस्तुरी कलेजका उमेश तामाङ घोषित भएका थिए । निर्धारित समयमा नेशनल एकेडेमीका सरोज राई र कस्तुरी कलेजका उमेश तामाङले गोल गरेका थिए ।
आजै दोस्रो खेलमा धरान माविलाई १–० गोल अन्तरले पराजीत गरी विश्व आदर्श विजयी भएको छ । धरान उच्च मावि विरुद्ध विश्व आदर्शका मञ्जील तामाङले गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै सुष्मा गोदावरी कलेजले धरानको विजयपुर माविलाई २–१ गोल अन्तरले पराजीत गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । सुष्मा गोदावरीको तर्फबाट सगुनकुमार श्रेष्ठ र सम्यम बस्नेतले गोल गरेका थिए भने विजयपुरको तर्फबाट सान्त्वना गोल सनम लिम्बूले फर्काएका थिए । खेलको म्यान अफ द म्याच सुष्मा गोदावरीका सम्यम बस्नेत घोषित भएका थिए ।
आजैै भएको अन्तिम खेलमा चामुण्डा माविले धरानको समिट माविलाई १–० गोल अन्तरले पराजीत गरेको छ । खेलको म्यान अफ द म्याच समेत घोषित भएका चामुण्डाका रोहण मगरले चामुण्डाको तर्फबाट गोल गरेका थिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई मेडल प्रदान गरिएको फुटबल खेल संयोजक बालजित राईले बताए । खेलको उद्घाटन एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राईले गरेका थिए । खेलमा १६ टिमको सहभागीता रहेको छ भने फाइनल खेल १९ गते हुने आयोजकले जानकारी दिएको छ । भोलीको खेल ग्रिन पिस एकेडेमी र युरेका मावि, धरान आदर्श र अल्पाइन कलेज, भिक्टरी मावि र डिपोट मावि त्यस्तै कोशी सेन्ट जेम्स स्कुल र सगरमाथा कलेजबीच हुने जनाइएको छ ।
“








