व्यापारी श्रेष्ठको हत्याको विरोधमा कोहलपुरका सम्पुर्ण कपडा पसल बन्द

२०७४ जेठ १५ गते

“
असार २०, नेपालगन्ज । दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्याको विरोधमा सोमबार कोहलपुरका सम्पुर्ण कपडा पसल बन्द गरिएको छ । व्यवसायीले पसल बन्द गरी बिरोध जनाएका हुन् ।
कोहलपुरका कपडा व्यवसायीहरूले बिहान बिरोध ¥र्याली समेत निकालेका छन् । कोहलपुरको विद्युत रोडदेखि निस्केको ¥र्याली कोहलपुर चौराहमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभामा बक्ताहरुले दोसीलाई कडा कार्बाहीको माग गरेका छन् । उक्त विरोध सभामा कोहलपुर कपडा ब्यबसायी संघका अध्यक्ष मेघराज अधिकारी, व्यवसायीहरु इन्द्र पौडेल, होमनाथ पाठक लगायतले आ–आफ्नो भनार्इ राखेका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित