पर्यटन मजदुरको पारिश्रमिक बृद्धि गर्न २१ दिने अल्टिमेटम

काठमाडौं, माघ १६ । पर्यटन मजदुरको छाता संस्था यूनिट्राभले विभिन्न चार सूत्रिय माग राख्दै नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टां) लाई मागपपत्र बुझाएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीसहितको मजदुरहरुको समूहले नाट्टाका उपाध्यक्ष अच्यूत गुरागाईलाई उक्त मागपत्र बुझाएको हो ।

पारिश्रमिक वृद्धि, प्रचलित श्रम ऐन अनुसार मजदुरको बीमा गरिनुपर्ने, सामाजिक सुरक्षा ऐन अनुसार टुर गाइडका हकमा लागू हुने सम्पूर्ण कुरा लागू गरिनुपर्ने र इजाजतपत्र बिना पर्यटक गाइडको रुपमा यूनेस्को स्थल पठाएमा सम्बन्धित कम्पनीलाई कारबाही गर्ने तथा नक्कली शैक्षिक प्रमाण पत्र छानबिन गर्नुपर्ने माग राखेर ज्ञापन बुझाएको यूनिट्राभका अध्यक्ष पराजुलीले जानकारी दिए ।

उनीहरुले २ जना पर्यटक लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ३५ सय रुपैंया अन्य भाषा गाईडले ४ हजार रुपैंया पारिश्रमिक पाउनुपर्ने मागपत्रमा उल्लेख छ । अहिले उनीहरुले १८ सय देखि २५ सय सम्म पाउँदै आएका छन् । बढेको महंगीअनुसार पारिश्रमिक बढाउनुपर्ने उनीहरुको माग छ । २१ जनाभन्दा बढीलाई लिएर हिंड्ने अंग्रेजी भाषा गाईडले ६४ सय र अन्य भाषा गाईडले ७५ सय पाउनुपर्ने उनीहरुको मागमा उल्लेख छ ।

उनीहरुले २१ दिनभित्र आफ्ना मागहरु सम्बोधन नगरिए त्यसपछि उत्पन्न हुने समस्याको जिम्मेवारी लिनसमेत नाट्टालाई चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =