मिनी ट्रकको ठक्करबाट गोकर्णेश्वरमा पैदलयात्रुको मृत्यु
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ १६ । काठमाडौँको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा गएराति बा ३ ख ५८२१ नं को ट्रकले ठक्कर दिँदा पैदलयात्रु स्थानीयबासी ४५ वर्षीय नरसिंह नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि ओम अस्पतालमा पुगेपछि मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








