मिस कलेज ‘आइडल २०१७’ सम्झना चौधरीलाई

काठमाडौं, माघ १६ ।  मिस कलेज आइडल २०१७  मिस कलेज आइडल २०१७ सम्झना चौधरीले जितेकी छिन् । आइतबार सम्पन्न भएको दोस्रो सिजनमा १० जना प्रतिस्पर्धीलाई उछिन्दै बर्नहार्ट कलेजका छात्रा चाैधरीले १० जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जित्न सफल भएकी हुन् । त्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट कम्पनीले आयोजना भएको थियो । कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ११ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । यसका साथै चाैधरीले मिस फ्रेन्डीलीको उपाधी समेत हात पारीन ।

कार्यक्रममा फस्ट रनरआफ र मिस कन्फिडेन्ट नेपालय कलेजकी अस्मिता थपलिया, सेकेन्ड रनरअफ मिस मिस डिसिप्लिन टाइम्स कलेजकी अस्मिता गैरे, थर्ड रनरअपर मिस गोल्डेन गेट कलेजकी फोटो जेनिकनिलिमा पराजुली भएकी छन् ।

त्यस्तै मिस क्याटवाक अलिसा श्रेष्ठ, वेष्ट पर्सना लिटी सुस्मा दिक्षित, मिस ट्यालेन्ट पुजा मगर, वेष्ट ड्रेस आइसा श्रेष्ठ, मिस ब्लीकरिना राजथला, मिस भ्युवर च्वाइस श्रीजना पाख्रिन, मिस पब्लिक च्वाइस, वेष्ट स्माइलसिमरन सुबेदी, व्युटीफुल आइजयुलिना घोषित भएकी छन् ।

त्रिनिटी मार्केटिङले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आइरहेको छ । यस्तै आयोजकले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्नका लागि कृष्णप्रसाद ढुङगाना स्मृतीपत्रको स्थापना गरेको छ । उक्त सम्मानबाट कलाकार, निर्देशक दिपाश्री निरौलालाइ सम्मान गरिएको छ । कार्यक्रम पूर्व उद्योगमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =