आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, माघ १६ ।  एउटा आशालाग्दो प्रयोग : नयाँ पत्रिका 

विकराल बनेको नेपालको युवा बेरोजगारीलाई कसरी हल गर्ने भन्ने प्रश्न लामो समयदेखि समाज, परिवार र राज्यको टाउको दुःखाइको विषय बनेको छ ।

शास्त्रीय अर्थशास्त्रीहरू बजारलाई सक्रिय बनाउने, बजारअनुकूल नीति–नियम बनाउने र औद्योगिक वातावरण अनुकूल बनाउने हो भने आफैँ रोजगारी सिर्जना हुन्छ भन्छन् । यसका लागि पछिल्लो झन्डै तीस वर्षदेखि खुला बजारमुखी नीति–नियम बनाइएका छन् ।

निजीकरण र उदारीकरणको नीतिमार्फत बजारमाथि सरकारको नियन्त्रण खुकुलो बनाइएको छ ।

कतिपय सन्दर्भमा त कार्टेलिङवाला निजी व्यावसायिक संस्था सरकारभन्दा बलियो बन्दै गएका छन् ।

संसद्मा त्यस्तै क्षेत्रका प्रतिनिधि बढी छन्, जो निजी क्षेत्रमैत्री नीति बनाउनमै तल्लीन छन् । तर, रोजगारी सिर्जनाको दर र हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने युवाको संख्याबीच भने ठूलो खाडल छ ।

कालिकोटको पलाँता गाउँपालिकाले स्थानीय युवालाई रोजगारी दिन ल्याएको नयाँ योजनाको दिगोपन तथा प्रभावकारिताबारे मूल्यांकन हुन बाँकी नै भए पनि यो एउटा बहसको विषय भने अवश्य बनेको छ ।

खासगरी यस्ता युवालाई रोजगारीसँगै बिस्तारै गाउँमै उत्पादनमूलक काममा सामूहिक या व्यक्तिगत रूपमा लाग्न सक्ने गरी तालिमको व्यवस्था गर्ने र स्रोत परिचालनमा सहयोग गर्ने हो भने यो अरू गाउँका लागि उदाहरणीय कार्य बन्न सक्छ । यसबारे राष्ट्रिय योजना आयोगले तत्काल अध्ययन अघि बढाओस् ।

स्थानीय तहको दयनीय स्थिती : नेपाल समाचारपत्र 

स्थानीय तहको निर्वाचनतका स्मार्ट सिटीका खुब चर्चा चलेको थियो ।

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको झन्डै ९ महिना वितिसक्दा पनि चुनावताका बोलेको स्मार्ट सिटीबारे सर्वसाधारण जनताले बुझ्ने गरी परिपाषित गर्न नसक्नु उदेक लाग्दो रहेको छ ।

स्थानीय तहका प्रमुखहरुले फ्लाईओभर बनाउन, मोनोरेल ल्याउनेजस्ता विषयलाई आफ्नो प्रत्येक भाषणमा नछुटाएको स्थितिमा शायदक फ्लाईओभर र मोनोरेल ल्याउनु नै स्मार्ट सिटीका रुपमा परिभाषित गर्न

खोजेको हो भन्ने प्रश्नहरु विभिन्न तह तप्काबाट नउठाईएको भन होईन ।

जनताले भोग्नु परिरहेको समस्या अझै भयाभवह हुने र त्यस्ता समस्याको समाधान अहिलेको संरचनाले गर्छ भन्ने विश्वास हराउँदै जाने निश्चित छ ।
सन्दीप सपना : नागरिक

नेपाली राष्ट्रिय टोलीका १७ बर्षे किशोर लेग स्पिनर सन्दीप लामिछने ईन्डियन प्रिमियर लिग आईपिएल को टोली दिल्ली डेयरडेभिल्सँग अनुबन्धित हुँदा मुलुकभरि उत्साह सञ्चारित भएको छ ।
खेल सफल्ताले जहिल्यै नेपालीलाई आशको सन्देश लिँदै आएको छ ।

अन्य सबै क्षेत्रमा निराशाका काला बादल मडारिरहेका बेला पनि युवा खेलाडीले मुलुकबासीको मनमा आशा सञ्चार गदैै आएको शृंखलामा सन्दीप धेरै नेपाली युवाका निम्ति सपनाको स्रोतसमेत बन्न पुगेका छन् ।

दील्लीले सन्दीपको क्षमतामाथि विश्वासको निर्ण लिन केही मिनेटमात्र समय खर्चियो तर नेपाली क्रिकेट प्रशासनका सरोकारवालाले देशभर छरिएर बसेका सयौँ सन्दीपको भविष्य बनाउने निर्णय लिन बर्षौदेखि सकिरहेको छैनन् ।
सन्दीपले देखाएको सम्भावना : कान्तिपुर 

स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले आइतबार इन्डियन प्रिमियर लिग ९आईपीएल० मा अनुबन्धित गर्नु नेपाली क्रिकेटका लागि सुखद घटना हो ।

कान्छो संस्करणको ‘ट्वान्टी–ट्वान्टी’ प्रतियोगिता आईपीएल विश्व क्रिकेटकै आकर्षणका रूपमा रहेको छ र यसमा आबद्ध हुने पहिलो नेपाली खेलाडी सन्दीप भएका छन् ।

सन्दीप दिल्ली डेयरडेभिल्समा आबद्ध भएसँगै सम्भावनाको एउटा इँटा त थपियो नै, अब यसलाई प्रेरक मान्दै नेपाली क्रिकेट जगत्मा त्यो सफलतालाई कसरी प्रतिबिम्बित गर्ने भन्ने प्रश्न पनि सामुन्नेमा आएको छ ।

सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै अरू खेलाडीका निम्ति पनि अवसरका ढोका खोल्दै नेपाली क्रिकेटको स्तरवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

सरकार आफैं लागिपर्ने हो भने नेपाली क्रिकेटको समस्या तुरुन्तै हल हुन सक्छ । संघको समस्या समाधान नगरेसम्म क्रिकेटको तीव्र विकास सम्भव छैन ।

त्यसैले स्वार्थ त्यागेपछि मात्र सन्दीपसँगै नेपाली क्रिकेटले पनि छलाङ मार्न सक्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =