एमाले स्थायी समितिको बैठक बस्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ १६ । पार्टी एकताका विषयमा नेकपा एमालेले छुट्टै खाका बनाउने भएको छ । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवासमा दिउँसो बोलाइएको बैठकमा माओवादी केन्द्रसँगको एकता, प्रदेश सरकार गठन, सरकार बनाउने प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुनेछ । पार्टी एकताका विषयमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार भइरहेको छलफलको समिक्षा पनि बैठकमा हुने जनाइएको छ । एमाले र माओवादीका बीचमा पार्टी नेतृत्व र सिद्धान्तका विषयमा छलफल जारी रहेपनि निस्कर्ष आउन सकेको छैन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








