काबुल आक्रमण: ११ जनाको मृत्यु
२०७४ जेठ १५ गते

“
काबुल, माघ १६ । सोमबार अफगानीस्तानको राजधानी काबुलमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
काबुलको सैनीक विश्वविद्यालय नजिकै भएको आक्रमणमा १६ जना सैनीक घाइते भएका छन् । अफगानीस्तानका रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार आक्रमणमा ४ जना आक्रमणकारकिो पनि ज्यान गएको छ भने १ जना पक्राउ परेका छन् ।
घटनाको जिम्मा इस्लामीक स्टेटले लिएको छ । यस महिनामा तालिवान र आइएसको आक्रमणमा काबुलमा धेरैले ज्यान गुमाइसकेका छन् ।
गएको शनिबार एम्बुलेन्समा बिष्फोटक पदार्थ राखेर गरिएको आक्रमणमा सय भन्दा धेरैले ज्यान गुमाएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








