दश वर्षदेखि प्रशारित चर्चित ‘साझा सवाल’ बन्द

काठमाडौं, माघ १५ । विविसी नेपाली सेवाको चर्चित बहस कार्यक्रम साझा सवाल बन्द भएको छ । विगत दश वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रमलाई रोकिएको विविसी साझा सवालले जनाएको छ । कार्यक्रम बन्द गरिनुको कुनै कारण खुलाइएको छैन ।

बीबीसी मिडिया एक्सनले उत्पादन गर्दै आएको साझा सवाल एक टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र यु ट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको थियो । यो कार्यक्रम अत्यधिक दर्शक श्रोताहरुले मन पराएको कार्यक्रम थियो ।

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अन्तर्वाताबाट शुरु गरिएको साझा सवाल ५२९ अंक पुगेर रोकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =