आठ वर्षकी बहिनीलाई बलात्कार गरी हत्या

खोटाङ, माघ १५ । सुन्दा पनि अपत्यारिलो घटना खोटाङमा घटेको छ । एक १६ वर्षिय दाजुले आठ वर्षकी बहिनीलाई बलात्कार गरि हत्या गरेको छ ।

गएको माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राति चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा भेटिएको थियो । बालिकालाई बलात्कार गरी हत्या गरेको पुष्टि भएको छ ।

घटनाको आशंकामा बालीकाको दाजु पाथेकाका १६ वर्षीय जीउधन राईलाई प्रहरीले पक्राउ गरेको छ । बालीका लुमणिलाई बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

आरोपितले शुरुमा खेल्नेक्रममा दुर्घटना भएको र मृत्यु भएको बयान दिए पनि अपराध ढाकछोपका लागि बालिकाको शव बगरमा गाडेको खुलेको प्रहरीले जनाएको छ । ‘शुरुमा जीउधनले पांग्राको खेलौनामा बालिकालाई गुडाउनेक्रममा ठोक्किएर मृत्यु भएको बयान दिएका थिए’–प्रनाउ थापाले भने–‘उसको बयान, घटनाको प्रकृति र शव परीक्षणबाट जबरजस्ती करणी गरेको पुष्टि भएको छ ।’

प्रहरीका अनुसार घटना प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र आरोपितले जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका छन् । घटना लगत्तै पक्राउ परेका जीउधनविरुद्ध हाड नाता करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कार्बाही थालिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =