‘मलाई हटाउन दुईतिहाइ सदस्यले मात्रै सक्छन्, देउवा र आरजुले होइन्’ : अमु

काठमाडौं, माघ १५ । नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आर्थिक चलखेलमा विधान विपरित वर्तमान कार्यसमिति भंग गरेको आरोप लगाइन् । उनले भनिन्, ‘यसमा ठूलो आर्थिक चलखेल भएको छ ।’

उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि अन्याय गरिएको गुनासो पोखिन् । सिजापतिले थपिन्, ‘मैले प्रधानमन्त्रीजीको स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन, त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित हटाइयो ।’

उनले आफूलाई प्रधानमन्त्री देउवाले हटाउनै नसक्ने ठोकुवा पनि गरिन् । ‘मलाई मन्त्रिपरिषदले हटाउनै सक्दैन, म निर्वाचित भएर आएकी अध्यक्ष हुँ, मैले कुनै आर्थिक हिनामिना गरेको छैन’, उनले भनिन्, ‘मलाई हटाउन दुईतिहाइ सदस्यले मात्रै सक्छन्, देउवा र आरजुले होइन् ।’

सिजापतीले संघको विधान पढ्न पनि देउवा र आरजुलाई आग्रह गरिन् । सिजापतिले उक्त निर्णयमा सरकाले पूनर्विचार नगरे अदालत जाने बताइन् । उनले अदालतबाट उक्त निर्णय उल्टाउने चेतावनी दिँदै अन्तर्राष्ट्रिय परिवार नियोजन संघमा पनि आफू जान तयार रहेको उल्लेख गरिन् ।

उनले विधानमा संघको कार्यसमितिमा १२ जना रहने व्यवस्था हुँदाहुँदै देउवाले विधानविपरित १८ सदस्यीय समिति बनाएको भन्दै आपत्ति समेत जनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =