रोनाल्डोले रियल नछाड्ने खुलासा

एजेन्सी – रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड नछाड्ने खुलासा गरेका छन्। स्पेनिस पत्रिका एल कन्फीडेन्सियलका अनुसार रोनाल्डोले आफुले म्याड्रिड छोड्ने मनासय नबनाएको खुलासा गरे।

विगत केहि सातायता रोनाल्डोले रियल छाड्ने हल्ला व्यापक चल्दै आएको थियो। केहि पत्रिकाले रोनाल्डो रियलसंग बेखुस रहेको र रियल छाड्ने लगभग पक्का रहेको बताउँदै आएका थिए। तर भर्खरै जुम्ल्याहा सन्तानका पिता बनेका रोनाल्डोले आफु स्पेनमै बसोबास गर्ने र रियल छाड्ने बारेमा नसोचेको बताए।

‘मैले म्याड्रिड छाड्छु भनेर कहिल्यै भनेको छैन। मैले एक डिनरमा आफुलाई दुख लागेको र स्पेनी अधिकारीहरुले मेरो विरुद्धमा जानाजान आरोप लगाएको बताएको हुँ। मैले स्पेन र इंगल्याण्डमा रहँदा कर सम्बन्धि केहि छल गरेको छैन।’

उनको यो भनाइसँगै उनले रियल छाडेर अन्यत्र जाने सम्पूर्ण सम्भावना समाप्त भएको छ। रोनाल्डोले आब आफु आगामी सिजनको तयारीमा लाग्ने पनि बताएका छन्। रियलले सिजनको सुरुवातमै युरोपेली सुपर कप अन्तर्गत म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। रोनाल्डोले रियल छाडेको खण्डमा युनाइटेड पनि एक सम्भावित गन्तब्यको रुपमा अगाडी आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *