सानिमा बैंकका चार वटा नयाँ शाखा थपिए

“काठमाडौं, माघ १५ । सानिमा बैंक लिमिटेडले पोखराको अमरसिंह, बगर र बिरौटा तथा दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।
सोमबार दाङ्गको तुलसीपुरमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको स्पष्ट पारे ।
यसअघि आईतबार पोखराको शाखा कार्यालयहरु बैंकका अध्यक्ष श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरिएको थियो ।
समारोहमा मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका थिए ।
सानिमा बैंकको हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० ए.टि.म. रहेका छन् ।”








