फेडेररले रचे टेनिसमा किर्तिमान

लन्डन । चर्चित स्वीस टेनिस खेलाडी रोजर फेडेररले छैठौंपटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। अस्ट्रेलियामा हुने वर्षको पहिलो ग्रान्डस्लामको रूपमा परिचित अस्ट्रेलियन ओपनको आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा फेडेररले क्रोएसियन खेलाडी मारिन सिलिचलाई हराएका हुन्। २ घन्टा १० मिनेट चलेको फाइनलमा फेडेररले ६–२, ६–७, ६–३, ३–६, ६–१ को सेटमा सिलिचलाई पराजित गरेका हुन्। योसँगै उनले करियरको २०औं ग्राण्डस्लाम टेनिसको उपाधि जितेर कीर्तिमानसमेत रचेका छन्।

२० वटा ग्रान्डस्लाम जित्ने ३६ वर्षीय फेडेरर चौथो खेलाडी हुन्। २० ग्रान्डस्लामको उपाधि जित्ने उनी पहिलो पुरुष खेलाडीसमेत बनेका छन्।

पछिल्ला ५ प्रमुख उपाधिमध्ये ३ वटा हात पारेका फेडेररले जितपछि सपना साकार भएको बताए। उनले भने–‘म धेरै खुसी छु। मलाई विश्वास लागिरहेको छैन। यो वास्तवमै अविस्मरणीय क्षण हो।’ यसअघि सेमिफाइनलमा दक्षिण कोरियाका चुंग ह्योनलाई रिटायर्डको आधारमा पराजित गर्दै फेडेररले यात्रा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =