चल्दै गरेको मारुती भ्यानमा आगलागी

बेलबारी, माघ १४ । मोरङको बेलबारी १० भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुतीमा अचानक आगलागी भएको जनाईएको छ ।

दिँउसो १.४५ बजे सेतो रङको मारुतीमा अचानक आगलागी भएको थियो । पुरानो र पेट्रोल गाडी भएका कारण आगलागी भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।

आगलागीका कारण मारुती जलेर खरानी भएको छ । सो मारुती कस्को हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =