मोहनापुल– अत्तरिया सडक निर्माण कार्य फेरी तिब्र

धनगढी, माघ १४ । मोहनापुल–अत्तरिया छ लेनको सडक निर्माणका बनेका संरचना नभत्काउन अन्तरिम आदेश मागगर्दै सर्वोच्चमा रिट हालेपछि सुस्ताएको पहिलो प्याकेजको निर्माण कार्य तिब्र पारिएको छ । तीन हप्ता देखि निर्माण काम सुस्ताएको थियो । निर्माणमा भइरहेको ढिलासुस्ती बारे मकालु खबरमा समाचार प्रकाशित भएपछि काममा केही सहजता आएको छ ।

शनिवार बाट नाली निर्माणको काम सुरु गरिएको शर्मा/अमर/नागार्जुन जेभीका फिल्ड ईन्जिनियर शुलभ भट्टले जानकारी दिए । विवाद नरहेका स्थानमा नाली निर्माणको काम सुरु भएको र अबको चार पाँच दिनमा माटो भरानको कार्य सकिने उनले बताए । माटो भरान सकिएपछि प्रिबेशको काम सुरु हुनेछ ।

अत्तरिया तर्फका दुई प्याकेजमा नाली निर्माण गरेर मात्रै भरानको कार्य भईरहेकोमा साईडमा समस्या देखिएकाले मोहनापुल देखि बोराडाँडी सम्मको पहिलो प्याकेजमा भने साईड खाली भएको ठाउँमा माटो भरानको कार्य सुरु गरिएको थियो । तर धनगढी चौराहा आसपासको क्षेत्रमा धनगढी उपमहानगरपालिकाले दैनिक कर उठाउने ठेलाहरु नहटाईएका कारण निर्माणमा एकदमै असर परिरहेको निर्माण कम्पनीले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =