उम्मेदवारले नाम फिर्ता गर्न चाहेमा आज २ बजेसम्मको समय

“काठमाडौं, माघ १४ । निर्वाचन आयागेले राष्ट्रियसभा चुनावका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा आज दिउँसो २ बजेसम्मको समय दिइएको छ ।आज उम्मेदवारको नामावली प्रकाशनसँगै उम्मेदवारी फिर्ता लिन समय दिइएको आयोगले जनाएको छ । भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
चुनावका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्य चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभा सांसदले मतदान गर्नेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिने छन् भने सरकारको सिफारिस राष्ट्रपतिले तीन जनालाई मनोनित गर्ने व्यवस्था छ ।
५६ जनामध्ये १८ जना निर्विरोध भैसकेका छन । भोलि अन्तिम नामावली सार्वजनिक गरेपछि मात्र निर्विरोध निर्वाचित भएको घोषणा गर्ने आयोगको तयारी छ ।
“








